• २०८३ असोज १५
  • 2026 October 01, Thursday

सभापतिले गरेका एकलौटी निर्णय अब सहन्नँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आधारभूत मान्यतासंग बाझिने गरि नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै थापाले पार्टीको आधारभूत मान्यतासंग बाझिने गरि पार्टी सभापतिले एकलौटी रुपमा निर्णय गर्दै आएको भन्दै अव एकलौटी निर्णयलाई नमान्ने बताए ।

उनले रेशम चौधरीलाई आममाफी दिने, नागरिकताको बिषय, प्रदेश सरकारको बिषय, सांसद विकास कोष लगायतका गम्भीर निर्णयहरु सभापतिले एक्ले गरेको भन्दै कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले सञ्चारमाध्यमबाट थाहा पाउने अवस्था आएको जिकिर गरेका छन् । महामन्त्री थापाले पार्टी नेतृत्वले एकपछि अर्को गलत निर्णय गर्दै गए भारीले पार्टीलाई कहिल्यै उठ्न नसकने गरि थिच्ने धारणा राखेका छन् ।