• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु

काठमाडौं । सुन तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज सुरु हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले करिब ६१ केजी सुन तस्करी प्रकरणका प्रतिवादीहरुसँगको बयान हिजो सकिएपछि आजबाट थुनछेक बहस गर्न लागेको हो ।

हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको हिजो बहस सकिएकाले आजबाट थुनछेक बहस सुरु हुन लागेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवादीहरुलाई थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।