काठमाडौं । तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ । ललितपुरका बलाराम बोगटीले आफूविरुद्ध अनर्गल प्रचार गरेर बेइज्जती गरेको भन्दै अदालतमा मुद्धा दर्ता गराएका हुन् ।
उनले दर्ता गराएको रिटको आउँदो ८ मंसिरमा तारिख तोकिएको छ ।
टिका योगी वारेसमार्फत सीएन १५५९ दर्ता गराएको गाली बेइज्जती रिट निवेदनमा बोगटीले उल्लेख गरेका छन्, ‘विपक्षीलाई अरुको मान सम्मान र प्रतिष्ठामा आँच आउने गरी बोल्न लेख्न हुँदैन, गाली गर्नु हुँदैन र झूठा आरोप लगाउनु हुँदैन भन्ने थाहा छ तर, म एक महिला अभियान्ता भएकोले मलाई कसैले केही कारवाही गर्न सक्दैन, म प्रहरी प्रशासनसँग डराउन्न भनी एकदमै झुठा लान्छनाको शब्दहरु आफ्नो फेसबुक आइडीमार्फत प्रकाशन गरी मेरो सामाजिक राजनितिक प्रतिष्ठामा आँच आउने भाष्य स्टाटसमा राख्नु भएको छ, जसबाट मेरो इज्जतमा प्रत्यक्ष असर परेको छ ।’