काठमाडौं । वैज्ञानिक महावीर पुनले किताब विक्री गर्न पूर्व–पश्चिम यात्रा गर्ने भएका छन् । ‘महावीर पुनको जिवन कथा’ नामक पुस्तक बेच्न आफू यात्रामा निस्कने उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
काठमाडौँदेखि मध्य पहाडी लोकमार्गमा पर्ने र लोकमार्गको दाँया बायाँ पर्ने शहर बजारहरुमा किताब बेच्ने उनको योजना छ । त्यस्तै लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाट सम्म पुग्ने र त्यहाँ बाट महेन्द्रनगरमा पुगी पूर्व–पश्चिम राजमार्ग हुँदै काँकडभित्ता पुग्ने उनले बताए ।
त्यहाँको यात्रा पश्चात उनी इलाम हुदै पाँचथरको मध्य पहाडी लोकमार्गबाट काभ्रेमा पुगेर यात्राको समापन गर्ने उनले बताएका छन् । यात्राको क्रममा राजमार्ग आसपासका सहरहरुमा उनले किताब बेच्ने छन् ।
किताब बेचेर आएको सम्पूर्ण पैसा वीरगंजको कृषि औजार कारखाना संचालनमा खर्च गरिनेछ ।