• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

भारतीय विदेशमन्त्री जनवरी ४ मा नेपाल भ्रमणमा आउने

काठमाडाैं । भारतीय विदेश मन्त्री एस जयशंकर ४ जनवरीमा नेपाल भ्रमणमा आउन लागेका छन् ।

उनीसंगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मंत्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन् ।

भारतीय वायुसेनाको विशेष विमानमार्फत बिहीवार बिहान १० बजे उनीसहितकाे टाेली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाटसँगै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् ।

राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू संग सामूहिक भेटघाट हुनेछ।