• २०८३ असोज १५
  • 2026 October 01, Thursday

मारिए हमासका उपप्रमुख सालेह अलद अरौरी

काठमाडौं । इजारायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरी मारिएका छन् ।इजरायली सेनाले मंगलवार राति लेबनानी लडाकु समूह हिजबुल्लाहको गढ रहेको बेरुतको दक्षिणी उपनगर दहियाहमा ड्रोन आक्रमण गर्दा अरोरी मारिएको दावी गरिएको हो ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले हमासको कार्यालयमा ड्रोनले आक्रमण गरेको जनाएको छ । हमास अधिकारीहरू र लेबनानको सुन्नी इस्लामी जमाआ इस्लामिया समूह बीचको बैठकलाई लक्षित गरी चार प्यालेस्टाइनी र तीन लेबनानीहरूलाई मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हमासले अक्टोबर ७ मा इजरायलमा गरेको घातक हमलापछि प्यालेस्टिनी क्षेत्रबाहिर प्यालेस्टिनी समूहका अधिकारीलाई लक्षित गरी हत्या गरेको यो पहिलो घटना हो ।
हमासले अरौरीको हत्याको पुष्टि गर्दै कासम ब्रिगेडका अधिकारी समीर फिन्डी अबू आमेर र अजाम अल–अक्रा अबु अम्मर पनि मारिएको बताएको छ । साथै यसको बदला लिने पनि हमासले चेतावनी दिएको छ ।