• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सेयर बजारमा फराकिलो वृद्धि, कारोबार पनि उच्च

  • २०८० माघ ३, बुधबार ०७:३३

काठमाडौं । सुधारिएको सेयर बजारले २२ सयको बिन्दु पछ्याएको छ । साताको तेस्रो दिन ५४ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकमले पनि आठ अर्ब नाघेको छ ।

मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचक ५४.५४ अङ्कले उकालो लागेर २१७५.१७ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ९.२६ अङ्कले उकालो लागेर ३९७.४३ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको तेस्रो दिनको नेप्से २.५७ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि २.३८ प्रतिशतले उकालो लागेको छ ।

अघिल्लो दिन आइतबार नेप्से ३१.६२ अङ्कले उकालो लागेर २१२०.६२ को बिन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अङ्कले उकालो लागेर ३८८.१७ को बिन्दुमा पुगेर रोकिएको थियो । मङ्गलबार ३०४ कम्पनीको दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर एक लाख ३३ हजार ६१ पटक खरिदबिव्रmी हुँदा आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार ४०६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा दुई अर्ब ५७ करोड रुपियाँले बढी हो । आइतबार ३१४ कम्पनीको एक करोड ६६ लाख पाँच हजार २३४ कित्ता सेयर ९४ हजार ५२६ पटक खरिदबिव्रmी हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार ८०६ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । मङ्गलबार २८ करोड
एन्ड आयल लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको २३ करोड २६ लाख ३८ हजार ४११ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

तेस्रो दिन कारोबारमा आएका १३ वटै उपसमूहको उपसूचक उकालो लागेको छ । वित्त उपसमूहको उपसूचक सर्वाधिक ४.७५ प्रतिशतले उकालो लागेको छ भने जलविद्युत्, लघुवित्त र लगानी समूहको सूचक तीन प्रतिशतभन्दा बढीले उकालो लागेको छ । त्यसै गरी बैङ्किङ, विकास बैङ्क, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूह दुई प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।

इन्दिरा सेक्युरिटजका सञ्चालक विष्णु गिरी भन्नुहुन्छ, “पुस मसान्तको दबाब सकिनु र अधिकांश वाणिज्य बैङ्कहरूले माघ महिनाका लागि पनि ब्याजदर घटाउँदा सेयर बजारका लगानीकर्ताको मनोबल बढेको हो ।

  • २०८० माघ ३, बुधबार ०७:३३