• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

एसईईको नतिजा बिहिबार बिहान सार्वजनिक हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहिवार बिहान सार्वजनिक गरिने भएको छ । प्राविधिक तयारी नपुग्दा बुधबार नतिजा प्रकाशन गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

बुधबार दिउँसो १ बजेट परीक्षाफल प्रकाशन गर्ने सम्बन्धमा सानोठिमीस्थित बोर्डको कार्यालयमा बोर्ड बैठक बसेको थियो। बैठकले बुधबार प्रकाशन गर्दा रात पर्ने भएकाले बिहीबार बिहान नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको हो।

बोर्ड अध्यक्ष शर्माले भने, ‘सबैजसो तयारी भइसक्यो, अब प्रोसेसिङको काम मात्रै बाँकी छ। सिस्टममा प्रोसेसिङ गर्दा चार–पाँच घण्टा लाग्ने रहेछ । आजै प्रकाशन गर्दा राति आठ–नौ बज्ने भयो, त्यसैले भोलि बिहानै नतिजा प्रकाशन गर्छौँ।’

बोर्डले सार्वजनिक गरेको वेबसाइट लगायत एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।