• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

दुर्घटनाग्रस्त जहाजको क्याप्टेन शाक्यको गरियो उद्धार, लगियो अस्पताल

  • २०८१ साउन ९, बुधबार १२:२२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेका सौर्य एयरलाइन्स ९ एन–एएमई (सीआरजे २००) को जहाजका क्याप्टेन ३७ वर्षीय मनिष शाक्यलाई उद्धार गरि सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको छ।

काठमाडौंबाट पोखराका लागि उडेको उक्त जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

बुधवार प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको जहाजमा १९ जना यात्रु रहेको बुझिएको छ ।

  • २०८१ साउन ९, बुधबार १२:२२