• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सौर्य विमान दुर्घटना : त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तहरुको रुवाबासी

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यसबेला शोकमा डुबेको छ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।

शव अस्पताल ल्याएपछि शोकमा डुबेका मृतकका परिवारहरूको रुवाबासीले अस्पताल शोकमा डुबेको हो । अस्पतालमा शवहरूको पोस्टमार्टम सुरु भएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन् ।