• २०८३ साउन २८
  • 2026 August 13, Thursday

‘ऐतिहासिक न्यायीक दस्तावेज र प्रणालीबारेमा खोज तथा अनुसन्धान गर्न आवश्यक’

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले, ऐतिहासिक कानुनी तथा न्यायीक दस्तावेज र न्याय प्रणालीको बारेमा खोज तथा अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऐतिहासिक कानुनी तथा न्यायीक दस्तावेज र न्याय प्रणालीबारे खोज तथा अनुसन्धान गरी यसबारेमा आम जनमासमा सूसूचित गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘ऐतिहासिक कानुनी तथा न्यायीक दस्तावेज तथा न्याय प्रणालीको बारेमा खोज तथा अनुसन्धान गरी यसबारेमा आम जनमासमा सूसूचित गर्ने कार्य आफैमा महत्वपूर्ण कार्य हो ।’उनले मौलिक कानुनी तथा न्यायीक प्रणालीको जगमा आधुनिक विधि र शास्त्र पनि परिमार्जित हुँदै आएको बताए ।

कुनै पनि देशको राजनैतिक सामाजिक र सांस्कृतिक पद्धतिलाई उन्नत र विकसित बनाउने कार्यमा त्यस समयमा प्रचलित रहेका कानुन र न्याय व्यवस्थाको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ ।उनले भने, ‘हाम्रो मौलिक कानुनी तथा न्यायीक प्रणालीको जगमा हाम्रो आधुनिक विधि शास्त्र परिमार्जित हुँदै आएका छन् ।

वास्तवमा कुनै पनि देशको राजनैतिक सामाजिक र सांस्कृतिक पद्धतिलाई उन्नत र विकसित बनाउने कार्यमा त्यस समयमा प्रचलित रहेका कानुन र न्याय व्यवस्थाको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।’