• २०८३ मंसिर २
  • 2026 November 18, Wednesday

अश्लिल स्टाटस लेखेका बालेनको बचाउमा हिमेश पन्त

काठमाडौं । चर्चित कमेडियन हिमेश पन्तले काठमार्डौ महानगरपालिकाका मेयर बालेन शाहबाट अझैपनि देशका धेरै युवालाई आशा रहेको बताएका छन् ।

शनिबार मध्यराति मेयर बालेन शाहले सामाजिक सन्जाल फेसबुकमा अश्लिल स्टाटस राखेका थिए । उक्त स्टाटस पोस्ट हुने बित्तिकै केही समयमै हटाइएको थियो ।

तर उक्त स्टाटसले अहिले मेयर बालेनलाई धेरैले गालीगलैज एवम चर्को आलोचना गरिरहेका छन् ।

यसबीचमै कमेडियन पन्तले भने बालेनबाट थुप्रै युवाहरुमा आशा भरोसा जीवित रहेको प्रतिक्रिया दिएका हुन् । उनले पूराना नेताहरुले जिम्मेवारीको नाटक गरेको समेत आरोप लगाएका छन् ।

उनले भनेका छन्:

बालेनबाट अझै पनि देशका धेरै युवालाई आशा छ किनभने ऊ बोल्छ, डराउँदैन, र पुरानोलाई हल्लाउने साहस गर्छ । तर नेतृत्व केवल आवाजको कुरा होइन,संयम, सोच र समयको पनि कुरा हो ।

पुराना नेताहरूले जिम्मेवारीको नाटक गरे,तर उनिहरुसककग न त ब्याकबोन थियो, न त भिजन नै । अब नयाँ पुस्ताले त्यो गल्ती दोहोर्‍याउनु हुँदैन । किनभने हाम्रो लडाइँ स्टाटस लेखेर होइन, सिस्टम बदल्नका लागि हो ।

बालेनको हावा स्टाटस सायद गलत सोचबाट होइन, गलत तरिकाबाट आएको शब्द थियो । जनताले कुरा बुझ्न चाहेका थिए, न कि शब्द डिलिट भएको देख्न । किनकी डिलिट पोस्ट मात्रै हुन्छ, तर आशा डिलिट हुँदैन । हामीलाई अझै पनि विश्वास छ, बालेनले दिशा देखाउने क्षमता राख्छ । तर दिशा दिन चाहने हातले, हावा होइन । स्थिरता र संयम बोकेर लेख्नुपर्छ । किनभने अहिले देशलाई चाहिएको नेता बोल्ने होइन, बुझ्ने र बुझाउने हो । र नेतृत्वको शक्ति शब्दमा होइन, आत्मसंयम र दृष्टिमा हुन्छ ।