• २०८३ असोज २९
  • 2026 October 15, Thursday

अन्तर्राष्ट्रिय समुदायसँग राहत होइन क्षतिपूर्ति मागौं- मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अन्तर्राष्ट्रिय समुदायसँग राहत भन्दा क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् ।

विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले जलवायु परिवर्तनका कारण नेपालमा आएको महाविपतमा हाम्रो देशको नगण्य योगदान रहेको भन्दै अब यसको प्रमुख कारण सिर्जना गर्ने देशहरुले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

उनले चीन, भारत, अमेरिका जस्ता देशले कार्बन उत्सर्जनमा ठूलो भूमिका खेलेको भन्दै अब राहत माग्न नहुने तर क्षतिपूर्ति दाबी गर्नुपर्ने बताए ।

सांसद झाले प्रधानमन्त्रीलाई समेत विशेष आग्रह गर्दै संयुक्त राष्ट्र संघसहितका अन्तर्राष्ट्रिय मन्चहरुमा गएर नेपालले यो विषयलाई जोडदार रुपमा उठाउनुपर्ने सुझाव दिए ।