• २०८३ असोज ११
  • 2026 September 27, Sunday

चीनकाे सांघाईमा सय वर्ष यताकै सबैभन्दा गर्मी

चीनको सांघाईमा यसपालि पछिल्ला सय वर्षकै सबैभन्दा गर्मी भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको छ ।

यसअघि सांघाईमा मापन भएको सबैभन्दा धेरै तापक्रम ३५.७ डिग्री थियो। सन् १८७६, १९०३, १९१५ र २०१८ को मे महिनामा यसअघि सांघाईको तापक्रम ३५.७ डिग्री पुगेको थियो। सांघाईमा कहिलेदेखि तापक्रम मापन गर्न थालिएको हो भन्ने खुलेको छैन।

यसपालिका दक्षिण पूर्वी एसियाली मुलुकहरू थाइल्यान्ड, भियतनामसँगै चीनका केही दक्षिणी प्रान्तहरूमा हिटवेभ चलिरहेको छ।

सांघाईको मौसम ब्युरोका अनुसार गर्मी आगामी दिनमा अझै बढ्ने सम्भावना छ। समुद्री तटमा रहेको सांघाईमा जुन, जुलाई र अगस्टसम्म गर्मी हुन्छ।

केही दिनअघि चीनको दक्षिणी पश्चिमी प्रान्त सिचुवानका केही ठाउँमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको थियो।