• २०८३ भदौ १९
  • 2026 September 04, Friday
कांग्रेस सभापति चुनाव

विमलेन्द्र निधिको समर्थन पनि शेरबहादुर देउवालाई

काठमाडाैं । नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई सहयोग गर्ने भएका छन् ।

साेमबार भएकाे पहिलाे चुनावमा ५१ प्रतिशत मत ल्याउन नसकेर विजयी हुन नसकेपछि देउवा यतिबेला सहयोगको अपेक्षासहित नेताहरुसँग भेटघाटमा छन् । यसअघि प्रकाशमान सिंहले पनि उनलाई समर्थन गर्ने बताएका थिए ।

निधिसँगकाे भेटमा पनि देउवालाई सहयाेग गर्ने बताइएको निधिकाे सचिवालयले जानकारी दिएको हाे ।