• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

निलुवा समाज जापानको चौथो अधिवेशनबाट अध्यक्षमा मोहनराज सुवेदी सर्वसम्मत निर्वाचित

जापान । निलुवा समाज चमुवा जापानको चौथो अधिवेशनले मोहनराज सुवेदीको अध्यक्षतामा २०२१-२०२३ कार्यकालको लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा रामु खत्री, उपाध्यक्षमा जि आर सुवेदी, सचिवमा भुमिराज सुवेदी, सह–सचिवमा विष्णु सुवेदी ‘जलन’, कोषाध्यक्षमा कृष्ण प्रसाद सुवेदी, सह–कोषाध्यक्षमा भुमिराज सुवेदी (विष्णु), प्रवक्ता दिपक सुवेदी, युवा संयोजक भोजराज सुवेदीलाई चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा शिवलाल सुवेदी, अन्जान सुवेदी, भिमलाल सुवेदी, अनिता सुवेदी, सञ्जु खत्री, पुरुषोत्तम सुवेदी चयन भएका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मभूमिमा रहेर पनि आफ़नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पुरा गरेको दायित्वले आउने पुस्तालाई प्रेरणा, हौसला र समाजमा उपलब्धिमूलक कार्यहरूलाई व्यवस्थित रूपमा योजनाबद्द ढंगले कार्यक्रम संचालन गर्नको लागि आग्रह गरेका थिए ।

संस्था सो अधिवेशनमा सचिव जि आर सुबेदीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

‘बागलुङ जिल्ला गलकोटको सुन्दर निलुवा हाम्रो शान, पर्यटकीय पूर्वाधार विकासमा हामि सबैको अभियान’ भन्ने मान्यताका साथ अध्ययन तथा रोजगारीको शिलशिलामा गलकोट नगरपालिका वडा नम्वर ४ चमुवाबाट जापान पुगेका दाजुभाइ दिदी बहिनीद्धारा सन् २०१५ सालमा स्थापना स्थापित भएको सामाजिक संस्था निलुवा समाज चमुवा जापान हो ।

संस्थाले निलुवाको पर्यटकीय विकास र पर्वद्धनसँगै समाजमा आइपर्ने हरेक सुख दुखमा हातेमालो गर्दै आइरहेको छ ।