• २०८३ कात्तिक ७
  • 2026 October 23, Friday

सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाउनेलाई कारबाही गर्ने गृहकाे चेतावनी

काठमाडाैं । गृह मन्त्रालयले सामाजिक सञ्जालको दुरूपयोग गरी शान्ति खलबल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी चेतावनी दिएकाे हाे । विज्ञप्तिमा भनिएको छ- विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झूटा क्याप्सन राखी भिडिओ तथा तस्वीरहरू अपलोड गरेको देखिएको हुँदा त्यस्ता क्रियाकलापमा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।