• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

बाँके। बाँकेमा टिप्परको ठक्करबाट मंगलबार एक पैदल यात्रीको मृत्यु भएको छ ।

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिएका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरिएको उनले बताए । ठक्कर दिइने टिप्पर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।