काठमाडाैं । भारतीय विदेश सचिव विनय मोहन क्वात्राले आइतबारबाट कार्यभार सम्हालेका छन् ।
यसअघि क्वात्रा नेपालका लागि भारतीय राजदूत थिए । नेपालका लागि राजदूत भएका बेला भारतीय विदेश मन्त्रालयले क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको थियो ।
क्वात्रा विदेश सचिवमा नियुक्त भएपछि नेपालमा लागि भारतीय राजदूत पद खाली छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीट गर्दै विदेश सचिव क्वात्राले विदेश सचिवको रुपमा कार्यभार सम्हालेको तस्बिर सार्वजनिक गरेका छन् ।