• २०८३ असोज १५
  • 2026 October 01, Thursday

शौचालय सार्वजनिक प्रयोग गर्न दिन इच्छुकले सम्पर्क गर्न महानगरकाे यस्ताे सूचना

काठमाडाैं । काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंकलगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटल लगायतको शौचालय प्रयोग गर्न सकिने महानगरले गत जेठ १६ को नगरकार्यपालिका बैठकबाट निर्णय गरेको थियो।

इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

काठमाडौंमा आवश्यकताअनुसार सार्वजनिक शौचालय नभएपछि सरकारी वा निजी संघसंस्थाका शौचालयलाई नै सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्न लागिएको छ ।