• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

प्रचण्डलाई भेट्न पाएपछि खुसीले उफ्रिए जापानका विद्यार्थी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणमा छन्। प्रचण्डले आज बिहान हिरोसिमा क्षेत्रको अवलोकन गरेका छन्।

भ्रमणको क्रममा प्रचण्डलाई भेटेपछि जापानी विद्यार्थी खुसीले उफ्रिएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए।

‘एक जापानी विद्यार्थीले भने, नेपालबारे अध्ययन गर्दै थिए। पूर्वप्रधानमन्त्रीलाई भेट्न पाउदा ज्यादै खुशी लाग्यो। उनले प्रचण्डको नाम वेव पेजमा खोजे र खुशीले उफ्रिए, आफ्नो साथी खोजेर फोटो लिन लगाए’ उनले फेसबुकमा लेखेका छन्।

प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा हुने अन्तक्र्रियामा सहभागी हुने कार्यक्रम छ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड अस्ति राति जापान प्रस्थान गरेका थिए। प्रचण्डले हिजो फुकोओकामा नेपाल फेष्टिबलको उद्घाटन गरेका थिए।