• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

मोलुङ हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं ।  मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ४ फागुन बिहीबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेर सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आफ्नो जारी पुँजीको ८० करोड २५ लाख रुपैयाँको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर सार्वजनिक निष्कासनको अनुमति पाएको थियो ।

सार्वजनिक निष्कासनको लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।