• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

एमसिसीले आसिफलाई ‘एमसिसी स्पिरिट अफ क्रिकेट’ अवार्ड दिने

काठमाडौं । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई २०२२ को क्रिस्टोफर मार्टिन्स –जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने भएको छ।

फेब्रुअरी २०२२ मा आयरल्यान्डविरूद्धको देखाएको खेल भावनाको कदर गर्दै अवार्ड प्रदान गर्ने निर्णय गरिएको एमसिसीले सोमबार घोषणा गरेको हो।

यो अवार्ड २०१३ देखि एमसिसी र बिबिसीले एमसिसीका पूर्व अध्यक्ष क्रिस्टोफर मार्टिन्स-जेन्किन्सको सम्झनामा दिन थालेको हो।

यसवर्ष आरिफसँगै इंग्ल्यान्डका कप्तान जोस बटलर र बेन स्टोक्स मनोनयनमा थिए।

यसअघि आसिफले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका थिए।

खेल भावनालाई समर्थन गर्ने खेलाडी वा टोलीलाई मान्यता दिन आइसिसीले हरेक वर्ष आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्छ।