• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सरोज र आश्मा को नयाँ गीत ‘म तिम्रै डल्ले हो’ सार्वजनिक (भिडिओ)

काठमाडौं । गायक लक्ष्मण श्री को नयाँ गीत सार्वजनिक भएको छ ।

उनले आफ्नै युट्युब च्यानलमार्फत ‘म तिम्रै डल्ले हो’ बोलको गीत सार्वजनिक गरेका हुन् । उनलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् । एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलले संगीत भरेका छन् ।

साधना बिनाको गीत संगीत पूर्ण नहुने बताउँदै गायक श्रीले यो गीतले नेपाली सांगीतिक क्षेत्रमा थप नयाँ आयाम थप्ने बताए ।

सरोज अधिकारीले निर्देशन गरेको म्युजिक भिडिओमा सरोजसँगै आश्मा विश्वकर्मा, स्मिारिका ढकाल, सविना भण्डारी, सफल बस्नेत, रेखा मगर आदर्श गहतराज, विवश खत्री, आज्ञा खतिवडा, जोश्ना श्रेष्ठ, सुदिप तामाङ, सेरिजा श्रेष्ठ, आश्मा नेपाल, सविना बस्याल, पुजा सुनुवार, शुभम मलकारलगायत फिचर्ड छन् ।

यो म्युजिक भिडिओलाई सरोज अधिकारी र आश्मा विश्वकर्माले कोरियोग्राफी गरेका हुन् । पवन सुस्लिङले छायांकन गरेको गीतको भिडिओलाई सरोज अधिकारीले सम्पादन गरेका छन् ।