• २०८३ साउन २८
  • 2026 August 13, Thursday

अवैध लागुऔषध सहित दुई भारतीय पक्राउ

काठमाडौ। सशस्त्र प्रहरी बल रौतहटले अवैध लागुऔषध सहित दुई भारतीयलाई पक्राउ गरेको छ ।गौर चपुर सडकखण्डको ईद्रिस गेट अगाडी चेकजाँचका क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतको बिहार सितामढी जिल्ला बकरी ३ गाँउ राघोपुरका २० वर्षिय रौशन कुमार र १८ वर्षिय अमित कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।रौतहटको गौरबाट चन्द्रपुर तर्फ जादै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई लैजादै गरेको अवास्थामा बरामद गरेको हो ।

ना.१.ज.७१०९ नम्बरको गाडिलाई विशेष सुचनाको आधारमा चेकजाँच गर्दा सिटमुनी झोलामा लुकाएर राखेको अवास्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिक्रम हुमागाईले जानकारी दिए ।

उनीहरुको साथबाट लगभग ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी उपरिक्षक हुमागाईका अनुसार पक्राउ
परेका दुवै युवकबाट आइपिपिएल २ सय ९९ थान र फेनारगन २ सय ९९ थान बरामद भएको हो।

पक्राउ परेका दुवै युवकलाई लागुऔषध सहित आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएका सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।