• २०८३ साउन २६
  • 2026 August 11, Tuesday
नेपाल प्रिमियर लिग

कर्णाली याक्सले दियो जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टीयु क्रिकेट मैदानमा साेमबार भएकाे दोस्रो खेलमा जनकपुर बोल्ट्सविरूद्ध टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएकाे हाे ।

अन्तिम दुई बल बाँकी हुँदा रनआउट भएका अर्जुन घर्तीले २२ बलमा ३३ रन र सोमपाल कामीले नटआउट १३ बलमा नटआउट २९ रन जोडेपछि जनकपुर बोल्ट्सले १४२ रनकाे लक्ष्य पाएकाे हाे ।

अर्जुन र सोमपालबीच सातौं विकेटका लागि ५६ रनको साझेदारी भएको थियो ।

त्यसअघि ओपनर देव खनालले दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीबाट बोल्ड हुनुअघि पाँच बलमा एक रन मात्र जोड्न सके।

उनका ओपनिङ पार्टनर भारतीय ब्याटर शिखर धवनले १४ रन भन्दा बढी जोड्न सकेनन् ।