• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

भारत-पाकिस्तान सीमा क्षेत्रमा चल्यो गोली

  • २०८२ वैशाख १२, शुक्रबार १५:०६

भारत–पाकिस्तान सीमा क्षेत्रमा बिहीबार राति गोली हानाहान भएको छ। लाइन अफ कन्ट्रोल (एलओसी) मा सुरुमा पाकिस्तानी सेनाले गोली चलाएको भारतीय सैनिक स्रोतको दाबी छ। जवाफी कारबाही स्वरूप भारतीय सेनाले फायरिङ गरेको एनडिटिभीले जनाएको छ।

यसअघि मंगलबार जम्मू–कश्मीरको पहलगाम स्थित पर्यटकीय क्षेत्रमा आतंकवादी हमलामा २६ जनाको ज्यान गएको थियो, जसमा नेपालका सुदीप न्यौपाने पनि परेका थिए।

घटनापछि भारतीय सेनाले सर्च एन्ड डिस्ट्रोइ अपरेशन सञ्चालन गर्दै ड्रोनसहित सुरक्षाकर्मी परिचालन गरेको छ। अहिले तीन जना आतंकवादीको खोजीका लागि सेना परिचालन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। । शुक्रबार मात्रै भारतीय अधिकारीले काश्मिर क्षेत्रमा बस्दै आएका आरोपीका दुई वटा घर भत्काएको छ।

पाकिस्तानले घटनामा संलग्नता अस्वीकार गरे पनि सम्बन्ध थप चिसिएको छ। राष्ट्रसंघले दुबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ।
प्रधानमन्त्री मोदीले दोषीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

  • २०८२ वैशाख १२, शुक्रबार १५:०६