• २०८३ साउन २९
  • 2026 August 14, Friday

डीडीसीले ६ महिनासम्म किसानलाई दूधको पैसा दिएन : माधव सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल दुग्ध विकास संस्थानले किसानलाई पाँच महिनादेखि दूधको पैसा नदिएको भन्दै उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद सापकोटाले किसानले छ महिनादेखि भुक्तानी नपाउँदा पशुपालनमा समस्या भोग्नुपरेको भन्दै तत्काल पैसा उपलब्ध गराउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन्।