• २०८३ कात्तिक ११
  • 2026 October 27, Tuesday
सुनचाँदी

सुनको भाउमा गिरावट, आजको नयाँ दर कति?

काठमाडौं।  नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ।

बिहीबार यसै सुनको मूल्य तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ थियो। चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर २ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।