• २०८३ साउन २८
  • 2026 August 13, Thursday

भगवान भण्डारीको प्रष्टोक्तिः रास्वपाको नाम फेर्ने प्रस्ताव मात्र आएको हो, नयाँ पार्टी घोषणा होइन

काठमाडौं । केही समयदेखि राजनीतिक वृत्तमा नयाँ पार्टी गठनबारे चर्चा चलिरहेका बेला कलाकार भगवान भण्डारीले सामाजिक सञ्जालमार्फत् स्पष्टिकरण दिएका छन्।

भण्डारीले फेसबुकमा लेख्दै कुनै नयाँ पार्टी घोषणा गरिएको छैन भनी दाबी गरेका छन्। उनले लेखेका छन्, ‘कुरा भएकै हो सबै जोडिएकै हो ,खोज्न चाहेमा मिडियाले निकाल्न सक्छ ।मेरो एउटा मात्रै त्रूटी के भयो भने पार्टिको नाम नयां राख्ने भन्ने कुरा प्रष्ट भएन ’

उनले थप स्पष्ट पारेका छन् कि केहि साथिहरू असहमत भएकोले रास्वपा कै अर्को नाम राख्न खोजेको हो र यो नयाँ पार्टी घोषणा भने होइन। ‘मेरो लेखाइमा अस्पष्टता भएकोमा माफी चाहन्छु,’ भण्डारीले लेखेका छन्।

उनका अनुसार राष्ट्रमै बोल्न, हर्क गोपीसँगै बस्न र समझदारीका साथ अघि बढ्ने सोच राखिएको छ। नाम फेर्ने प्रस्ताव मात्र आएको उल्लेख गर्दै उनले केही मिडियाहरूलाई ग्रुप च्याटको प्रमाणसमेत पठाएको बताएका छन्।

उनको यस प्रष्टोक्तिले हाल फैलिएको नयाँ पार्टी गठनसम्बन्धी भ्रमको खण्डन गर्ने उद्देश्य राखेको देखिन्छ।