• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

दर्ज्यानी चिह्न प्रधान सेनापतिको हातबाट प्रदान

  • २०८२ असार १३, शुक्रबार १७:०७

काठमाडौं।  प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नती भएका सहायक रथी गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति सिग्देलले उपरथी केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

केसी असार ९ गतेदेखि उपरथीमा पदोन्नती भएका थिए। पदोन्नतीसँगै उनी पूर्वी पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त भएका छन्।

कार्यक्रममा बलाध्यक्ष, रथीबृन्द, अधिकृतका साथै पदोन्नती भएका रथीवृन्दको परिवारजनको उपस्थिति रहेको थियो।
  • २०८२ असार १३, शुक्रबार १७:०७