• २०८३ साउन २९
  • 2026 August 14, Friday

के कुलमान घिसिङ राजनीतिमा आउन लागेका हुन् ?

लोड्सेडिङ्का नायक कुलमान घिसिङ राजनीतिमा सक्रिय हुने तयारीमा जुटेका छन्। रुपन्देहीमा हुन लागेको उपनिर्वाचनको चर्चा चल्दै गर्दा कुलमान पनि सोही निर्वाचनका माध्यमबाट राजनितिमा आउन सक्ने भनेर आङ्कलन गर्न थालिएको छ ।
सोही निर्वाचनलाई लक्षित गर्दै उनले आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्न लागेको चर्चा चल्न थालेको छ। यसैबीच घिसिङ मध्यपूर्वका देशमा रहेका नेपाली श्रमिकहरूसँग प्रत्यक्ष भेटघाट गर्न बहराइन, युएई, ओमान र कतारको भ्रमणमा निस्किएका छन्।

फेसबुकमार्फत सन्देश जारी गर्दै घिसिङले विदेशमा पसिना बगाइरहेका नेपालीहरूको पीडा, सपना र संघर्ष बुझ्न आफैं आउने बताएका छन्। बहराइनमा जुलाई २–४, युएईमा जुलाई ५–८, ओमानमा जुलाई ९–१० र कतारमा जुलाई ११–१३ सम्म नेपालीहरूसँग प्रत्यक्ष भेट गर्ने कार्यक्रम रहेको छ। उनले विदेशमा रहेकाहरूको योगदान अमूल्य रहेको भन्दै भावनात्मक सम्बन्ध गाँस्न चाहेको बताएका छन्। घिसिङको यो राजनीतिक सक्रियतालाई विशेष चासोका रूपमा हेरिएको छ।