• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

बाढी प्रभावितको उद्धारमा सरकार युद्धस्तरमा खटिएको छः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार सरकार युद्धस्तरमा लागेको बताएका छन् ।

बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका खबर आएको भन्दै उनले दुःख व्यक्तसमेत गरेका छन् । विपद्को पीडामा रहेका नागरिकप्रति सहानुभूति प्रकट गर्दै उनले ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेकका निर्धारित कार्यक्रमहरु स्थगित गरिएको पनि जानकारी दिएका छन् ।

‘यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्य बारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु। विपद् संभावित क्षेत्रमा आपातकालीन सहायता उपलब्ध गराउन तीब्र समन्वय गरिएको छ, सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ,’– प्रधानमन्त्री ओलीले भनेका छन् ।