• २०८३ साउन २५
  • 2026 August 10, Monday

महत्वपूर्ण खेलको दिन प्रधानमन्त्रीसँगको भिडियोकलले खेलाडीमा तनाव थप्यो

नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले नेपाल–उजबेकिस्तानबीचको निर्णायक खेलमा खेलाडीहरू राजनीतिक दबाबमा परेको खुलासा गरेका छन्। उनका अनुसार, उक्त दिन बिहान ११ बजे प्रधानमन्त्रीसँग भएको भर्चुअल मिटिङका कारण खेलाडीहरू तनावग्रस्त भएका थिए।

वाइल्डले भने, “हामीले खेल ३–१ को स्थितिबाट बराबरीमा ल्याएका थियौं, तर पेनाल्टी सुटआउटमा ३ देखि ५ जना खेलाडीले पेनाल्टि प्रहार गर्नै मानेनन्। किनभने उनीहरू प्रधानमन्त्रीसँगको भिडियोकलका कारणले मानसिक तनावमा थिए। उनिहरुले त्यसबेला खेलको दबाब नभएर राजनीतिक दबाबका कारण गेममा फोकस हुन सकेनन् ।

उनले यति संवेदनशील घडीमा प्रधानमन्त्रीसँगको मिटिङ आवश्यक थियो कि थिएन भन्ने प्रश्न उठाएका छन्। त्यसपछि “मैले उजबेकिस्तानको टिमलाई पनि सोधेँ – ‘तिमीहरूलाई राष्ट्रपति‌ले फोन गरे?’वाइल्डको उक्त प्रश?नमा उजवेकी टोलीको जवाफ थियो हामिलाई त्यसरी राष्ट्र प्रमुखले कल गरेर कुनै दबाब दिएनन् ।’उनले यस प्रसंगमा चर्चित स्पेनिस क्लब रियल मड्रिडको उदहारण दिदै जब रियल मड्रिड च्याम्पियन्स लिग खेल्छ, के पेरेज मिडियामा आउँछन्? त भनेर प्रश्न समेत उठाएका छन् ।

वाइल्डले यस किसिमको राजनितीक दबाबले खेलाडीको मनोबल भंग हुने र खेलको परिणाममा असर पर्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।