• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

रवि लामिछानेको समर्थनमा तिन सातामै १५ लाखले गरे हस्ताक्षर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा सुरु गरिएको हस्ताक्षर अभियानले तीन सातामै झण्डै १५ लाख जनताको समर्थन जुटाएको छ। यो संख्या पार्टीले निर्वाचनमा पाएको समानुपातिक मतभन्दा करिब ४ लाखले बढी हो।

रास्वपाले असार ७ गते, आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर काठमाडौंको माइतीघर मण्डलाबाट औपचारिक रूपमा अभियान सुरु गरेको हो। पार्टीले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै उक्त विषयलाई जनताको घर–दैलोमा पुर्‍याउने उद्देश्यले अभियान चलाएको जनाएको छ।

सदन, सडक र सर्वसाधारणसम्म आवाज पुर्‍याउने लक्ष्यसहित अघि बढाइएको यस अभियानमा उल्लेख्य जनसमर्थन देखिएको रास्वपाले जनाएको छ। पार्टीले यो समर्थनलाई नागरिक सचेतनाको प्रतीकका रूपमा लिएको छ।