• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

देशको ४६ प्रतिशत भूभाग जंगलले ढाकिएको, भू-ढकान नक्सा सार्वजनिक

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्यान्ड कभर म्याप २०२०-२०२२ (राष्ट्रिय भू-ढकान नक्सा) मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन्।

वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भूक्षेत्र नक्सा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताए।

उनले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिए। नक्सामा उल्लेख भएअनुसार देशभर जंगलको क्षेत्र ४६ दशमलव शून्य आठ प्रतिशत छ भने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत छ।