• २०८३ भदौ २०
  • 2026 September 05, Saturday

माओवादीका कार्यकर्ता मंगलसिंह प्रजा पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कार्यकर्ता मंगलसिंह प्रजा पक्राउ परेका छन्।

प्रहरीको साइबर ब्युरोले मंगलबार नयाँबानेश्वरबाट प्रजालाई नियन्त्रणमा लिएको हो।

साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार प्रजाले सामाजिक सञ्जालमार्फत कानूनले वर्जित गरेका सामग्री सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रजामाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।