• २०८३ साउन २९
  • 2026 August 14, Friday

जापानले दियो नेपाललाई १३२ रनको लक्ष्य

  • २०८२ असोज २४, शुक्रबार १७:५८

काठमाडौं । ओमनमा जारी आईसीसी टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जापानबाट १३२ रनको लक्ष्य पाएको छ।

ओमानमा शुक्रवार जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनायो।

आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई हराएको थियो। यही समूहअन्तर्गत अर्को खेलमा फेरि कुवेतलाई हराएको जापान र नेपाल दुवै ‘सूपर सिक्स’मा पुगिसकेका छन्।

  • २०८२ असोज २४, शुक्रबार १७:५८