• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् मतदान, मतदानमा सहभागी हुन देशवासीलाई अपील

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।

अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले आज भइरहेको प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई मतदान गर्न आम नागरिकलाई आग्रह पनि गरेकी छन् ।

बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आह्वान गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१ गते अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु। तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ।’