• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

प्रभु स्टक मार्केट अध्यक्षमा रवीन्द्र ढकाल

काठमाडौं। प्रभु स्टक मार्केटको अध्यक्षमा प्रभु बैंकका चिफ म्यानेजर रवीन्द्र ढकाल चयन भएका छन्।

ढकाललाई कम्पनी सञ्चालक समितिको ६३औं बैठकले प्रभु स्टक मार्केट अध्यक्षमा चयन गरेको हो। ढकालको नेतृत्वपछि कम्पनीले आफूलाई प्रतिस्पर्धी एवं स्टक ब्रोकर संस्थाको रुपमा स्थापित गर्ने विश्वास सञ्चालक समितिले लिएको छ।

प्रभु बैंकले ३०० शाखा, २६१ एटीएम, ६६ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।