काठमाण्डौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका प्रदेश प्रमुख ईश्वर विकल सापकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै ADM तथा अभिकर्ताहरूको क्षमता, सक्रियता र व्यावसायिक विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अभिकर्ताहरू नै कम्पनीको व्यवसाय विस्तारका प्रमुख आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि अभिकर्ताको वृद्धि, विकास, प्रोत्साहन तथा सम्मानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंले कम्पनीबाट अभिकर्ता तथा ADMहरूले प्राप्त गर्ने विभिन्न सेवा–सुविधा, ADM को भूमिका तथा सेवा–सुविधा र Sales Policy 2083/84 का प्रमुख विषयवस्तुहरूबारे जानकारी गराए। उनले नयाँ बिक्री नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन अभिकर्ताहरूलाई आग्रह गरे।
कार्यक्रममा योग्य ADM तथा Sun Emerging Club का अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो। सम्मान कार्यक्रमले अभिकर्ताहरूमा थप ऊर्जा, उत्साह र आगामी दिनमा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्।
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले देशभरका करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा तथा जानकारी प्रदान गर्दै बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि अभिकर्ता तथा एजेन्सी सञ्जालको क्षमता अभिवृद्धि, व्यवसायिक विकास र सम्मानलाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ।