• २०८३ साउन ३१
  • 2026 August 16, Sunday

सामसङले ल्यायो आठौँ पुस्ताको फोल्डेबल फोन ‘ग्यालेक्सी जेड फोल्ड ८’ सिरिज, यस्ता छन् विशेषता र अफर

काठमाडौं । सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी एआई (Galaxy AI) र स्मार्ट इकोसिस्टमसहितको आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोन सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीले एक कार्यक्रमका बीच ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा (Galaxy Z Fold8 Ultra), ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सार्वजनिक गरेको हो। यसका साथै, सामसङले नयाँ वेयरेबल डिभाइसहरू ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ पनि बजारमा ल्याएको छ।

ग्यालेक्सी जेड फोल्ड ८ सिरिजको ठूलो डिस्प्लेले प्रयोगकर्तालाई एआईमार्फत समीक्षा, तुलना र सिर्जना गर्न सहज बनाउने कम्पनीको दाबी छ।

सामसङले प्रिमियम फोनको स्वामित्वलाई सहज बनाउन विभिन्न योजनाहरू अघि सारेको छ :

किस्ताबन्दी (EMI) : HFL सँगको सहकार्यमा ४०% डाउन पेमेन्टसहित २४ महिनाको ईएमआई सुविधा उपलब्ध छ। केही विशेष ग्राहकका लागि डाउन पेमेन्ट २०% मा झार्ने र अवधि ३६ महिनासम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

ट्रेड-इन र एक्सचेन्ज : पुराना फोन साट्न चाहने ग्राहकका लागि ट्रेड-इन बोनसको व्यवस्था गरिएको छ।

ग्राहकले अनलाइनबाट योग्यता जाँच गरी नजिकैको सामसङ ब्रान्ड स्टोरबाट सहजै फोन लिन सक्नेछन्।

प्रि-अर्डर र आकर्षक अफरहरू

ग्यालेक्सी जेड सिरिजका लागि अगस्ट १३, २०२६ देखि प्रि-अर्डर खुला गरिएको छ। सामसङले दुई प्रकारका प्रि-अर्डर प्याकेज ल्याएको छ:

१. VIP प्रि-अर्डर प्याकेज (रु. ६८,००० सम्मका लाभहरू):

– एनसेलको अनलिमिटेड डेटा र भ्वाइस प्याक २ वर्षका लागि निःशुल्क।
– १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस।
– ग्यालेक्सी वाच ९ वा वाच अल्ट्रा २ मा १० हजार रुपैयाँ छुट।
– ६ महिनाका लागि Google AI Pro निःशुल्क (रु. १८,३५१ बचत)।
– निःशुल्क फोन कभर र थप २ वर्षको वारेन्टी (सःशुल्क)।

२. सामान्य प्रि-अर्डर प्याकेज (रु. ५८,००० सम्मका लाभहरू):

– एनसेलको डेटा र भ्वाइस प्याक, एक्सचेन्ज बोनस, र Google AI Pro लगायतका सुविधाहरू यसमा पनि समावेश छन्।

सामसङले वातावरणीय दिगोपनलाई ध्यानमा राख्दै पुराना उपकरणहरूको उचित व्यवस्थापन र पुनः प्रयोगका लागि ‘Apkudo’ र स्थानीय साझेदारहरूसँग सहकार्य गरेको छ। यसले ई-वेस्ट (e-waste) घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

यसका साथै सामसङले ‘सामसङ इनोभेसन क्याम्पस’ मार्फत नेपाली युवाहरूलाई कोडिङ, प्रोग्रामिङ र एआईको क्षेत्रमा सीप विकास गर्न सहयोग गर्दै आएको छ। हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपालमै टेलिभिजन उत्पादन गरेर स्थानीय उद्योगलाई समेत टेवा पुर्‍याइरहेको कम्पनीले जनाएको छ।