• २०८३ साउन ३१
  • 2026 August 16, Sunday

क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत रहेको तथा द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस मोडल कलेज (बिएमसी)का विद्यार्थीहरुले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

‘मे–जुन एक्जामिनेसन सिरिज–२०२६’मा सहभागी भएका १०६ विद्यार्थीमध्ये ९४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । जसमा ७ विद्यार्थीले लगातार एप्लस र ३३ विद्यार्थीले लगातार ए ग्रेड प्राप्त गरेका छन् ।

यस नतिजाले विद्यार्थीहरूको शैक्षिक प्रतिबद्धता तथा कलेजले प्रदान गर्दै आएको सहयोगी सिकाइ वातावरणलाई प्रतिबिम्बित गरेको कलेजले बताएकाे छ ।

यो उपलब्धि विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकको सहयोगको परिणाम भएको कलेजकाे भनाइ छ ।

विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गर्दै उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने वातावरण निर्माणमा सम्पूर्ण बिएमसी परिवारको महत्त्वपूर्ण योगदान रहेको बताएकाे छ ।

ब्रिटिस एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजन कुमार राईले विद्यार्थीहरूको सफलतामा महत्त्वपूर्ण योगदान पुर्‍याउने शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गरेका छन् । साथै यस उल्लेखनीय उपलब्धिका लागि विद्यार्थीहरूलाई बधाई दिएका छन् ।

यो कलेज र सम्पूर्ण ब्रिटिस एजुकेसन ग्रुपका लागि गर्वको क्षण रहेकाे उनले बताए । ‘यस उपलब्धिले विद्यार्थीहरूमा शैक्षिक उत्कृष्टता, आत्मविश्वास र महत्त्वाकांक्षा विकास गर्ने वातावरण निर्माणप्रतिको हाम्रो साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’ उनले भने ।

युवा पुस्तालाई सक्षम बनाउँदै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा सफल हुन आवश्यक आधार प्रदान गर्न आफूहरु निरन्तर प्रतिबद्ध रहेकाे उनले बताए ।

‘बिएमसी तथा ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत युवा पुस्तालाई सक्षम बनाउँदै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा सफल हुन आवश्यक आधार प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ । हामी हाम्रा विद्यार्थीहरूप्रति अत्यन्त गर्व गर्दछौँ र उनीहरूको आगामी यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ’ राईले भने ।

ए लेभल पूरा गर्ने विद्यार्थीहरूका लागि प्राप्त नतिजा उच्च शिक्षातर्फको आगामी यात्रा तथा भावी करियरका लागि महत्त्वपूर्ण कोसेढुङ्गा बनेको उनकाे भनाइ छ ।