• २०८३ भदौ १
  • 2026 August 17, Monday

देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ ।

संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो ।

म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि आजदेखि पूर्ण रूपमा बन्द गरेको संघले जनाएको छ ।

संघले यसअघि आन्दोलनका चरणअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो । जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको समयसीमा समेत समाप्त भएपछि संघले पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने निर्णय गरेको हो ।