• २०८३ भदौ १०
  • 2026 August 26, Wednesday

Samsung ले सार्वजनिक गर्‍यो नयाँ Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9

काठमाडाैं । नयाँ Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ। अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिका लागि डिजाइन गरिएका तीन फरक फोल्डेबल अनुभवसहित नयाँ Galaxy Z सिरिज आएको छ। यससँगै थप उत्कृष्ट स्वास्थ्य व्यवस्थापनका लागि नयाँ Galaxy Watch डिभाइसहरू पनि सार्वजनिक गरिएको छ।

नयाँ Galaxy Z सिरिजप्रति ग्राहकहरूको उत्साह प्रि-अर्डरमै देखिएको छ। Galaxy Z Fold8 Ultra मा Violet Shadow सबैभन्दा लोकप्रिय रङ बनेको छ भने Galaxy Z Fold8 मा Lavender र Galaxy Z Flip8 मा Pink सबैभन्दा धेरै रोजिएको रङ बनेको छ।

Galaxy Z Fold8 Ultra ले Samsung को प्रिमियम Ultra अनुभवलाई फोल्डेबल डिजाइनमा ल्याएको छ। ठूलो कार्यक्षेत्र, सुधारिएको क्यामेरा प्रणाली र शक्तिशाली प्रदर्शनसहित यो क्रिएटिभ काम तथा मल्टिटास्किङका लागि तयार गरिएको छ। यसको ८ इन्चको मुख्य डिस्प्ले ले प्रयोगकर्तालाई अझ ठूलो स्क्रिन स्पेस प्रदान गरेको छ ।

Galaxy Z Fold8 नयाँ डिजाइनसहित आएको छ, जुन मानिसहरूले कन्टेन्ट हेर्ने, खोज्ने र अनुभव गर्ने तरिकालाई ध्यानमा राखेर बनाइएको हो। यसको डिस्प्ले अनुपात दैनिक प्रयोगका लागि सहज बनाइएको छ। कभर स्क्रिनबाट म्यासेजिङ, ब्राउजिङ र छोटो भिडियो हेर्नदेखि मुख्य 4:3 डिस्प्लेमा गेमिङ, पढाइ र इमर्सिभ भिडियो अनुभव लिन सकिन्छ।

Galaxy Z Flip8 Samsung को सबैभन्दा आकर्षक Flip फोन हो, जसले व्यक्तिगत शैली र छिटो प्रयोगलाई प्राथमिकता दिन्छ। यसमा ५० MP क्यामेरा, ProVisual Engine र FlexCam अनुभव रहेको छ, जसले फोटो र भिडियो खिच्न अझ सहज बनाउँछ।

Galaxy Watch Ultra2 र Galaxy Watch9 ले Galaxy अनुभवलाई अब हातसम्म विस्तार गरेका छन्। यी स्मार्टवाचहरूले दैनिक स्वास्थ्यसम्बन्धी जानकारीलाई अझ उपयोगी र व्यवहारिक सुझावमा परिवर्तन गर्न सहयोग गर्छन्। दुवै डिभाइस Snapdragon Wear Elite Platform द्वारा सञ्चालित छन् र निरन्तर स्वास्थ्य ट्र्याकिङ, उत्कृष्ट प्रदर्शन, आरामदायी प्रयोग र लामो ब्याट्री जीवनका लागि डिजाइन गरिएका छन्।

नयाँ Galaxy डिभाइसलाई अझ सहज रूपमा खरिद गर्न Samsung ले २४ महिनासम्मको सजिलो EMI सुविधा उपलब्ध गराएको छ। यसले मासिक किस्ता रकमलाई कम गर्दै ग्राहकहरूलाई Samsung को नयाँ प्रविधि सजिलै अपनाउन सहयोग गर्नेछ। यो प्रक्रिया सरल छ र यसको लागि नागरिकता मात्र आवश्यक पर्नेछ। अगस्ट २६ देखि Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9 नेपालभर उपलब्ध हुनेछन्।

कम्पनीका अनुसार सबैभन्दा प्रिमियम मोडेल Galaxy Z Fold8 Ultra (12+512GB) को मूल्य ३ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यो फोन भोयलेट स्याडो र ग्रेफाइट रङमा उपलब्ध छ र यसलाई मासिक ९ हजार २ सय २५ रुपैयाँको ईएमआईमा खरिद गर्न सकिनेछ।

त्यसैगरी, Z Fold8 Ultra को २५६ जीबी संस्करणको मूल्य २ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ, जसको मासिक ईएमआई ८ हजार १ सय ४० रुपैयाँ पर्नेछ। Galaxy Z Fold8 (12+256GB) को मूल्य २ लाख ७४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने यसको मासिक किस्ता ७ हजार ४ सय ६२ रुपैयाँ रहेको छ।

युवा पुस्तामा लोकप्रिय रहेको Galaxy Z Flip8 (12+256GB) को मूल्य १ लाख ९४ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ। गुलाबी (Pink) र ग्रेफाइट रङमा उपलब्ध यो फोन ५ हजार २ सय ९१ रुपैयाँको मासिक ईएमआईमा प्राप्त गर्न सकिनेछ।

सामसङले आफ्ना नयाँ स्मार्टवाचहरूको मूल्य पनि सार्वजनिक गरेको छ। Galaxy Watch Ultra2 (Black) को मूल्य १ लाख २३ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ।

त्यस्तै, Galaxy Watch9 को ४४ एमएम (ब्ल्याक र सिल्भर) को मूल्य ७१ हजार ४ सय ९९ रुपैयाँ र ४० एमएम (ब्ल्याक र बेज) को मूल्य ६६ हजार ४ सय ९९ रुपैयाँ कायम गरिएको छ।

यी अत्याधुनिक उपकरणहरूले नेपाली बजारमा प्रिमियम स्मार्टफोन र ग्याजेट प्रयोगकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ।