• २०८३ भदौ ११
  • 2026 August 27, Thursday

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS Automotive Co. Ltd. चाइनासँगको समन्वयमा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै कुल रु. ७०,००,००० (सत्तरी लाख रुपैयाँ) सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

उक्त घोषित रकम मध्ये रु. ५०,००,००० (पचास लाख रुपैयाँ)प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने योजना रहेको छ, जसले नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग पुर्‍याउनेछ भने बाँकी रु. २०,००,००० (बीस लाख रुपैयाँ) बराबरकोको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रकोप क्षेत्रमा सामाजिक संस्था तथा त्यस स्थानका स्थानीय सरकारको समन्वयमा वितरण गर्ने योजना रहेको MAXUS Nepal ले जनाएको छ।

उक्त राहत सामग्रीहरु विपदबाट सबैभन्दा बढी प्रभावित तथा तत्काल सहयोगको आवश्यकता रहेका क्षेत्रहरू पहिचान गरी वितरण गरिने बताइएको छ ।

त्यसैगरी, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी विस्तृत जानकारी आवश्यक समन्वय तथा तयारी पूरा भएपछि छुट्टै सार्वजनिक गरिने पनि MAXUS Nepal ले जनाएकाे छ।

MAXUS Nepal(Himalaya Motrox Pvt. Ltd.) नेपालका लागि SAIC MAXUS सवारी साधनहरूको आधिकारिक वितरक हो।