• २०८३ भदौ १५
  • 2026 August 31, Monday

बक्स अफिसमा गौथलीकै दबदबा, मास्टर्नीले कति कमायो ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्वजनिक भएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ १४ गते आइतबारसम्मको चलचित्र गौथली, मास्टर्नी, हली र लज्जावतीको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।

जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ६८ लाख ६२ हजार कमाइ गरेको छ । त्यस्तै, यस फिल्मले ९ लाख ३१ हजार ६२७ टिकट बिक्री गरेको छ ।

त्यस्तै, भदौ ५ गतेदेखि प्रदर्शनमा आएको प्रियंका कार्कीको चलचित्र मास्टर्नीले ३९ लाख ५२ हजार कमाइ गरेको छ । यस चलचित्रले ११ हजार ९९६ टिकट बिक्री गरेको छ ।

त्यस्तै, साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २३ लाख ११ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ८ हजार ४६३ टिकट विक्री गरेको छ ।

त्यसैगरी, साउन २९ गतेदेखि रिलिज भएको चलचित्र लज्जावतीले ७ लाख ७५ हजार कमाई गरेको छ भने २७३५ टिकट बिक्रि भएको छ ।