• २०८३ भदौ १७
  • 2026 September 02, Wednesday

बाढी प्रभावितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको ६० लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पक्षहरुलाई उद्दार राहत र पुन:स्थापनामा सहयोग पुर्‍याउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा रु. ६० लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा कम्पनीका सञ्चालक शसांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेल उपस्थिति रहेको थियो ।

यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुन:स्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिएको छ ।