• २०८३ भदौ १७
  • 2026 September 02, Wednesday

बाढी प्रभावितलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढी पीडितको लागि कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट रु. ५१ लाख नगद रकम प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीको मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने निर्णय गरेको हो ।

त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीहरुले आफ्नो एक दिनको तलब प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सामुहिक रुपमा जम्मा रकम रु. ११ लाख नगद रकम योगदान गर्ने निर्णय गरेको छ ।