• २०८३ भदौ २२
  • 2026 September 07, Monday

बक्स अफिस रिपोर्ट : ‘गौथली’को दबदबाका बीच राम्रो कमाई गर्दै ‘पार्वती’

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ २१ गते आइतबारसम्मको चलचित्र गौथली, मास्टर्नी, पार्वती र हलीको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।

जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ८६ लाख २८ हजार कमाई गरेको छ । त्यस्तै, यस फिल्मले ९ लाख ३० हजार ७४४ टिकट बिक्री गरेको छ ।

त्यसैगरी, भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पार्वतीले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । चलचित्रले अहिलेसम्म एक करोड ५८ लाख ८४ हजार कमाई गरेको छ भने अहिलेसम्म ५४ हजार ७३५ टिकट विक्री भएका छन् ।

त्यस्तै, भदौ ५ गतेदेखि प्रदर्शनमा आएको प्रियंका कार्कीको चलचित्र मास्टर्नीले भने बक्स अफिसमा खासै राम्रो गर्न सकेन । यसले अहिलेसम्म ४० लाख १५ हजार कमाइ गरेको छ । यस चलचित्रले १२ हजार १९७ टिकट बिक्री गरेको छ ।

त्यस्तै, साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २३ लाख ३२ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ८ हजार ५२५ टिकट विक्री गरेको छ ।